अध्यक्ष ओलीलाई प्रचण्डको चुनौती : ‘राजा ज्ञानेन्द्रसँग भएको भनिएको पाँच बुँदे सहमति प्रमाणित गर’

अध्यक्ष ओलीलाई प्रचण्डको चुनौती : ‘राजा ज्ञानेन्द्रसँग भएको भनिएको पाँच बुँदे सहमति प्रमाणित गर’

२०७८, पौष १ बिहिवार

  • 1.3K
    SHARES

  • अध्यक्ष ओलीलाई प्रचण्डको चुनौती : ‘राजा ज्ञानेन्द्रसँग भएको भनिएको पाँच बुँदे सहमति प्रमाणित गर’

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी ओलीसँग क्रुद्ध देखिएका छन् । 
    अध्यक्ष  ‘प्रचण्ड’ ले राजा ज्ञानेन्द्र शाहसँग गरेको गरेको पाँच बुँदे सहमति प्रमाणित गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

    आज (बिहीबार) विज्ञप्ति जारी गर्दै प्रचण्डले उक्त सहमति भएको कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके माफी माग्न ओलीलाई चुनौती दिएका हुन् ।

    प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’

    एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको एक कार्यक्रममा प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको र दुई जना बीचको साँठगाँठमा उपद्रव मच्चाइएको अभिव्यक्ति दिएका थिए ।

    उनले ओलीलाई मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौँ टाढा भागेको पनि टिप्पणी गरेका छन् । प्रचण्डले अगाडि लेख्छन्, ‘मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौँ टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’

    २०७८, पौष १ बिहिवार११:५२:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार