साफ यू–१९ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

साफ यू–१९ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

२०७८, पौष ३ शनिवार

  • 1.0K
    SHARES

  • साफ यू–१९ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

    काठमाडौँ । बंगलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको छ ।

    लगातार दोस्रो जितपछि आयोजक बंगलादेश समान सात अंक जोडेको नेपाल गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा उक्लेको छ र फाइनल नजिक पुगेको छ ।

    ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एकरएक गोल गरिन् ।

    मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् । कुशुमले १८औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् । रजनीले नेपाललाई २१औं मिनेटमा ३–० को अग्रता दिलाइन् ।

    मेनुकाले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् ।

    नेपालसँग पराजित भएपछि चार खेलबाट तीन अंक मात्र रहेको भुटान फाइनल होडबाट बाहिरिएको छ । यस्तै श्रीलंका पनि बाहिरिसकेको छ ।

    नेपालले अब लिगको अन्तिम खेलमा आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा बराबरी खेले पनि नेपाल फाइनल पुग्नेछ । नेपालले यसअघि बंगलादेशसँग बराबरी खेल्दा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो ।

    भारत ३ मध्ये २ खेल जित्दै ६ अंक जोडेर तेस्रो स्थानमा छ । आइतबारै बंगलादेशले श्रीलंकासँग खेल्नेछ ।

    २०७८, पौष ३ शनिवार०८:१६:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार