पौष १०, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार गरेका छन् ।
माधव- प्रचण्ड समुहबाट राजिनामा दिएका मन्त्रालयमा मात्र मन्त्री मण्डल बिस्तार हुन लागेको हो ।
थपिएका मन्त्रीहरुमा टोप बहादुर रायमाझी, प्रभु शाह, मणि थापा, दावा लामा र गौरी शंकर चौधरी रहेका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई अहिले साँझ ६:३० बजे सपथ गराउने तयारी छ । सपथ पश्चात नयाँ मन्त्रीहरु सहित मन्त्रिपरिषद बैठक साँँझ ८ बजे बस्ने भएको छ ।
हेरफेरमा राजीनामा दिने सात जना मन्त्रीहरु स्वत: हटेका छन् । - सच्याईएको (सम्पादक)