कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना आज 

कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना आज 

२०७८, पौष ३ शनिवार

  • 1.1K
    SHARES

  • कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना आज 

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी छ । 

    आज केन्द्रीय सदस्य खुलातर्फको मतगणना हुनेछ । बिहान १० बजेबाट मतगणना सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
     
    मतगणनामा उमेदवार र एक-एकजना प्रतिनिधि उपस्थित हुन निर्वाचन समितिले अनुरोध गरेको छ ।  

    कांग्रेस महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । 

    २०७८, पौष ३ शनिवार०८:२६:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार