अछाम । नेकपा एमालेका नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्।
बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताए।
तर कसैले पाखा लगाउन खोजेमा भने त्यसको परिणाम राम्रो नहुने उनले चेतावनी दिए। रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे।
यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए। उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको बताए।