मनकामना केबलकार पुस ४ देखि चार दिन बन्द हुने

मनकामना केबलकार पुस ४ देखि चार दिन बन्द हुने

२०७८, पौष ३ शनिवार

  • 1.5K
    SHARES

  • मनकामना केबलकार पुस ४ देखि चार दिन बन्द हुने

    मुग्लिन । मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार  दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो । 

    मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ ।

    मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुने उनले बताए ।   

    उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहनेछ ।

    कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो । चालू आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ । 

    २०७८, पौष ३ शनिवार१२:२७:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार