किराँत समुदायको मुख्य चाड उधौली आज मनाइँदै, नेवार समुदायले योमरी पुन्हि

किराँत समुदायको मुख्य चाड उधौली आज मनाइँदै, नेवार समुदायले योमरी पुन्हि

२०७८, पौष ४ आइतवार

  • 1.2K
    SHARES

  • किराँत समुदायको मुख्य चाड उधौली आज मनाइँदै, नेवार समुदायले योमरी पुन्हि

    काठमाडौं । किराँत समुदायले आफ्नो मुख्य पर्वका रुपमा आज उधौली मनाउँदैछन् । खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने मंसिर शुल्क पूर्णिमाको यो दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् ।

    मंसिर शुक्ल पूर्णिमाका दिन उधौली पर्व मनाउने किराँत समुदायले बाली लगाउने बेला अर्थात वैशाख शुक्ल पूर्णिमाका दिन उभौली पर्व मनाउने चलन छ ।

    आज भूमि पूजाका लागि बिहानैदेखि किँरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रुङ ढोल झ्याम्टासहित बाजाको तालमा नाच्दै पर्व मनाउने ठाउँमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ-आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

    वैशाख पूर्णिमामा उभौली बाली लगाउनुअघि भूमिको पूजा गर्नुपर्ने सन्दर्भसँग जोडिएको छ भने आजको उधौली बाली उत्पादन गरिदिएकोमा भूमिप्रति कृतज्ञता ज्ञापन गर्ने सन्दर्भसँग जोडिएको मानिन्छ ।

    यस्तै उधौली-उभौलीले ऋतु परिवर्तन र पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिने गरिन्छ ।

    आजै धानको पूजा गरी मनाइने धान्य पूर्णिमा र नेवार समुदायले योमरी पुन्हि पनि मनाउँदैछन् । सरकारले पर्व मनाइने मुख्य स्थानहरुमा सावर्जनिक विदा दिएको छ ।

    २०७८, पौष ४ आइतवार०८:०४:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार