आज ४ बजे सर्वदलीय बैठक बस्दै, एमाले नजाने

आज ४ बजे सर्वदलीय बैठक बस्दै, एमाले नजाने

२०७८, पौष ४ आइतवार

  • 977
    SHARES

  • आज ४ बजे सर्वदलीय बैठक बस्दै, एमाले नजाने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । तर उक्त बैठकमा प्रमुख विपक्षी नेकपा एमाले भने सहभागी नहुने भएको छ ।

    एमालेले कारवाही गरेका व्यक्ति समेटेर अवैध रुपमा दर्ता भएको दल नेकपा एस सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने उपाध्यक्ष तथा संसदीय दलका उप- नेता सुवास नेम्वाङले बताएका छन् । 

    उनले भनेका छन्, "प्रधानमन्त्रीज्यूसँग छलफल गर्न हामी तयार छौं । कांग्रेसको महाधिवेशनमा हाम्रो अध्यक्षले सम्बोधन गर्नुभयो । तर एमालेले मान्यता नदिएको र अदालतमा मुद्दा विचाराधीन रहेको समूहलाई बैधानिकता दिनेगरि हामी कुनै बैठकमा सहभागी हुँदैनौं ।"

    यसअघि पनि नेकपा एसको सहभागितालार्य लिएर एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको थियो । गठबन्धन घटकका महत्वपूर्ण नेता प्रचण्डले घटक बिच मात्र बैठक बस्न माग गरे पनि देउवाले एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका स्रोतले जनाएको छ । 

    २०७८, पौष ४ आइतवार०८:१५:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार