यु- १९ महिला साफ च्याम्पियनसिप

फाइनल पुग्न नेपालले भारतसँग कम्तिमा बराबरी खेल्नुपर्ने 

फाइनल पुग्न नेपालले भारतसँग कम्तिमा बराबरी खेल्नुपर्ने 

२०७८, पौष ४ आइतवार

  • 989
    SHARES

  • फाइनल पुग्न नेपालले भारतसँग कम्तिमा बराबरी खेल्नुपर्ने 

    काठमाडौं । नेपाली महिला टोलीले यु–१९ महिला साफ च्याम्पियनसिपमा आइतबार (आज) भारतविरुद्ध खेल्दैछ । नेपाललाई फाइनलमा स्थान बनाउन लिग चरणको अन्तिम खेलमा आज भारतविरुद्ध कम्तिमा बराबरी गर्नुपर्नेछ । 

    तीन खेलबाट सात अंक जोेडेको नेपाल अहिले लिग तालिकाको शीर्ष स्थानमा छ । समान सात अंक जोडेको आयोजक बंगलादेश दोस्रो स्थानमा छ । पाँच टोली सहभागी प्रतियोगिता राउन्ड रोविन प्रणालीमा खेलाइएको छ । शीर्ष दुई टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । 

    तीन खेलबाट ६ अंक जोडेको भारत तेस्रो स्थानमा छ । आजै बंगलादेशले प्रतियोगितकै कमजोर टोली श्रीलंकाविरुद्ध खेल्नेछ । प्रतियोगितामा श्रीलंकाले एउटा पनि जित निकाल्न सकेको छैन । त्यसैले बंगलादेशले श्रीलंकालाई सहजै हराउने अनुमान लगाउन सकिन्छ । बंगलादेशले जितेमा उसको दश अंक हुनेछ । 

    त्यसकारण नेपाल र भारतबीचको नतिजाले अर्को फाइनल खेल्ने टोलीको टुंगो लगाउनेछ । नेपालले जित वा बराबरी गरेमा फाइनलमा स्थान बनाउनेछ । पराजित भए नेपाल बाहिरिनेछ । त्यसैले नेपाललाई आज कम्तिमा बराबरी गर्नुपर्नेछ । 

    नेपाल पहिलो संस्करणको उपविजेता टोली हो । नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । यसपटक नेपाल बंगलादेशसँग बदला लिएर उपाधि उचाल्ने लक्ष्यसाथ बंगलादेश गएको छ । त्यसकारण उपाधि सम्भावना कायम राख्न आज भारतलाई कम्तिमा बराबरीमा रोक्नुपर्नेछ । 

    २०१८ मा भुटानमा सम्पन्न पहिलो संस्करणमा नेपालले भारतलाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेको थियो । निर्धारित समयमा भने १–१ को बराबरी खेलेको थियो ।  

    २०७८, पौष ४ आइतवार०८:२९:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार