कांग्रेस केन्द्रीय सदस्य खुलामा लोकप्रिय मत सहित शशांक अगाडि 

कांग्रेस केन्द्रीय सदस्य खुलामा लोकप्रिय मत सहित शशांक अगाडि 

२०७८, पौष ४ आइतवार

  • 817
    SHARES

  • कांग्रेस केन्द्रीय सदस्य खुलामा लोकप्रिय मत सहित शशांक अगाडि 

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरूको खुलातर्फको मतगणना जारी रहँदा नेता शशांक कोइराला लोकप्रिय मत सहित अगाडि रहेका छन् । २३९३ मतगणना हुँदा उनले सबैभन्दा धेरै मत पाएका छन् । 

    कोइरालाले १९७१ मत ल्याएका छन् । हालसम्म दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका एनपी साउद, बालकृष्ण खाँण, रमेश लेखक र उदय शमशेर राणाले क्रमशः १५३८, १५०७, १४५१ र १४४५ मत प्राप्त गरेका छन् । 

    कांग्रेस १४ औं महाधिवेशनबाट निर्वाचित हुन खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिष्पर्धामा छन् । 

    २०७८, पौष ४ आइतवार०८:३९:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार