कांग्रेस खुला केन्द्रीय सदस्यको परिणाम सार्वजनिक : गणेश लामा सहित छानिए ३५ सदस्य 

कांग्रेस खुला केन्द्रीय सदस्यको परिणाम सार्वजनिक : गणेश लामा सहित छानिए ३५ सदस्य 

२०७८, पौष ४ आइतवार

  • 1.4K
    SHARES

  • कांग्रेस खुला केन्द्रीय सदस्यको परिणाम सार्वजनिक : गणेश लामा सहित छानिए ३५ सदस्य 

    काठमाडौं । नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ ।

    परिणाम अनुसार डा. शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

    त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा शीर्ष ५ मा पर्न सफल भएका छन् । यसैगरि रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, डा. रामशरण महत शीर्ष १५ भित्र परेका छन् । 

    त्यस्तै, दिलेन्द्रप्रसाद बडु, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा. गोविन्दराज पोखरेल शीर्ष २५ भित्र अटाएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

    त्यस्तै राजीव ढुंगाना, सञ्जयकुमार गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा.गोपाल दहित र मोहन आचार्य शीर्ष ३५ भित्र समेटिएर निर्वाचित हुन सफल भएका छन् ।

    यस सँगै कांग्रेसमा १६ जना नयाँ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । 

    vote-result.jpg

    २०७८, पौष ४ आइतवार०८:१०:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार