भारतको तगारो छिचोल्न नसक्दा नेपाली महिला फुटबल टिम फाइनलमा पुग्न सकेन

भारतको तगारो छिचोल्न नसक्दा नेपाली महिला फुटबल टिम फाइनलमा पुग्न सकेन

२०७८, पौष ५ सोमवार

  • 1.2K
    SHARES

  • भारतको तगारो छिचोल्न नसक्दा नेपाली महिला फुटबल टिम फाइनलमा पुग्न सकेन

    काठमाडौँ । नेपाल साफ यू–१९ महिला च्याम्पियनसिप प्रतियोगिताबाट बाहिरिएको छ ।

    आइतबार भएको आफ्नो अन्तिम खेलमा भारतसँग १–० ले पराजित भएपछि नेपाल फाइनलमा समेत पुग्न नसकेको हो ।

    साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली यू–१९ महिला फुटबल टिम पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल राउण्ड रोविन लिगको खेल सकिएपछि तेस्रो हुँदै बाहिरिएको हो ।

    ढाका जानुअघि राष्ट्रिय टिमकी सदस्य समेत रहेकी कप्तान तथा गोलकिपर अन्जना राना मगर र प्रशिक्षक हरि ओम श्रेष्ठले नेपालको लक्ष्य उपाधि जित्ने नै रहेको बताएका थिए ।

    तर त्यो लक्ष्य पूरा नगरी नेपाली टोली स्वदेश फर्कने भएको छ । लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकालाई १२–० को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल बाहिरिने औपचारिकता पूरा भएको थियो ।

    आयोजक बंगलादेश अपराजित रहँदै ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुग्यो । चारमध्ये तीन खेल जितेको भारत ९ अंक जोडेर दोस्रो हुँदै फाइनल पुग्यो । अब बंगलादेश र भारतबीच फाइनल खेल हुनेछ । नेपाल भने २ जित, १ बराबरी र १ हारपछि ७ अंक जोडेर तेस्रो भयो ।

    सम्भावित १२ अंकमध्ये नेपालले ५ अंक गुमाउँदा ७ अंक फाइनल पुग्न पर्याप्त भएन ।

    २०७८, पौष ५ सोमवार०८:५१:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार