३५ वर्षीय युवा चिलीको राष्ट्रपतिमा निर्वाचित

३५ वर्षीय युवा चिलीको राष्ट्रपतिमा निर्वाचित

२०७८, पौष ५ सोमवार

  • 861
    SHARES

  • ३५ वर्षीय युवा चिलीको राष्ट्रपतिमा निर्वाचित

    काठमाण्डौ । दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् ।

    ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका बीबीसीले जनाएको छ । हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएका छन् भने भने कास्तले ४४ प्रतिशत मत पाएका छन् ।   

    बोरिकले आफू गम्भीर चुनौतीको सामना गर्न तयार रहेको बताएका खबरमा उल्लेख गरिएको छ । राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थी नेता समेत हुन् । उनले सन् २०१९ र २०२० असमानता तथा भ्रष्टाचारविरोधी प्रदर्शनमा समर्थन गरेका थिए । 

    चिलीमा सरकार विरुद्ध भएको व्यापक प्रदर्शनपछि राष्ट्रपति पदको चुनाव भएको हो । बोरिकले असमानता अन्त्यका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । -एजेन्सी ।  

    २०७८, पौष ५ सोमवार१०:०३:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार