काँग्रेस प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने विश्वप्रकाशको घोषणा

काँग्रेस प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने विश्वप्रकाशको घोषणा

२०७८, पौष ५ सोमवार

  • 1.1K
    SHARES

  • काँग्रेस प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने विश्वप्रकाशको घोषणा

    काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन् । 

    आज काठमाडौंमा पत्रकारसँग कुरा गर्दै नयाँ भूमिका पाएको भन्दै आफूले प्रवक्ताको जिम्मवारीबाट अलग हुने स्पष्ट पारेका छन्।

    उनले प्रवक्ताको जिम्मेवारीमा अर्को व्यक्ति आउने भन्दै उनको आउने नयाँ व्यक्तिको भूमिकालाई बढावा दिन आफू अलग हुने बताए। उनले आफू सामान्यतया बाइटको सन्दर्भमा जहिले पनि उपलब्ध हुने बताए।

    ‘पार्टीको धारणा र सूचनाका लागि अर्को व्यक्ति प्रवक्ताका रूपमा आउनुहुन्छ। तर यहाँहरूलाई परेको बेला म जतिखेर पनि उपलब्ध हुनेछु ’- शर्माले भनेका छन् । 

    २०७८, पौष ५ सोमवार१०:१०:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार