माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा सरल

माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा सरल

२०७८, पौष ६ मंगलवार

  • 1.0K
    SHARES

  • माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा सरल

    काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन्।

    अर्का प्रत्याशी दिननाथ गौतम (प्रयास) लाई पराजित गर्दै सरल अध्यक्षमा विजयी भएका हुन्।

    जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १६२ मत ल्याए। गौतमले ८६ मत ल्याए। प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मतदान गरेका थिए।

    त्यस्तै सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन्। उनले १४९ मत ल्याए। उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुङ्गाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका छन्।

    सहसचिवमा भने दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा सङ्गीता भट्टराई निर्वाचित भएकी छिन्।

    २०७८, पौष ६ मंगलवार०७:४७:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार