झापाको दमकमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु, कन्काई ३-१ ले पराजित

झापाको दमकमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु, कन्काई ३-१ ले पराजित

२०७८, पौष ६ मंगलवार

  • 1.2K
    SHARES

  • झापाको दमकमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु, कन्काई ३-१ ले पराजित

    झापा । झापामा प्रदेश नं १ स्तरीय पुरुष भलिबल प्रतियोगिता सोमवारदेखि सुरु भएको छ ।

    झापा गाउँपालिकाको आयोजनामा भएको दोस्रो अध्यक्ष कपमा दमक नगरपालिका, षडानन्द नगरपालिका र झापा गाउँपालिका विजयी भएका छन् ।

    दमक नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा भोजपुरको षडानन्दले झापाको कनकाई नगरपालिकालाई ३–१ सेटमा पराजित गरेको हो ।

    यस्तै झापा गाउँपालिकाले बाह्रदशीलाई ३–१ सेटले हराएको हो ।

    प्रतियोगिताको विजेताले एक लाख ५१ हजार तथा उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।

    उक्त प्रतियोगितामा विभिन्न जिल्लाका १६ टोली सहभागी रहेको आयोजकले जनाएको छ ।

    २०७८, पौष ६ मंगलवार०८:११:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार