काठमाडौ । कपिलवस्तुको बहादुरगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मंगलप्रसाद गुप्ताको नेतृत्वमा ६ हजारभन्दा बढी कार्यकर्ता र समर्थकहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।
उनीहरूलाई पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । नवप्रवेशीहरूमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको संख्या उल्लेखनीय रहेका छन् ।
गुप्ता समुह प्रवेशसँगै कपिलबस्तुमा एमाले पहिलो शक्तिको रुपमा उदाएको छ ।