अतिरिक्त शुल्क नलिन नोबेल मेडिकल कलेजलाई जिल्ला प्रशासनको निर्देशन

अतिरिक्त शुल्क नलिन नोबेल मेडिकल कलेजलाई जिल्ला प्रशासनको निर्देशन

२०७८, पौष ७ बुधवार

  • 1.1K
    SHARES

  • अतिरिक्त शुल्क नलिन नोबेल मेडिकल कलेजलाई जिल्ला प्रशासनको निर्देशन

    मोरङ । एमबीबीएस भर्ना भएका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क नलिन र पठनपाठन सुरु गर्न जिल्ला प्रशासन कार्यालय मोरङले नोबेल मेडिकल कलेज विराटनगरलाई निर्देशन दिएको छ ।

    प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अभिभावक र कलेजका प्रतिनिधिसँगको छलफलपछि अतिरिक्त शुल्क नलिन निर्देशन दिएका हुन् ।

    आयोगले तोकेभन्दा बढी अतिरिक्त शुल्क नलिन र पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको हो ।

    विद्यार्थी र अभिभावकले सोमबार जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाइ कलेजले अतिरिक्त शुल्क बुझाउन दबाब दिएको गुनासो गरेपछि प्रजिअ दाहालले छलफलका लागि बोलाएका थिए ।

    २०७८, पौष ७ बुधवार०७:५९:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार