काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणीका लागि २५९८ शिक्षकको विज्ञापन खुलाएको छ ।
इच्छुकले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।
इच्छुक उमेदवारले आयोगको आधिकारिक अनलाइन प्रणाली https://online.tsc.gov.np/ बाट अनलाइन दरखास्त दिन पनि सुचनामा भनिएको छ ।