माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा हर्क नेम्वाङ विजयी

माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा हर्क नेम्वाङ विजयी

२०७८, पौष ८ बिहिवार

  • 1.5K
    SHARES

  • माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा हर्क नेम्वाङ विजयी

    विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् ।

    बुधवार बेलुका भएको निर्वाचनबाट मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् । नेम्वाङले १६९ मत पाएका थिए भने, मेन्याङ्बोले ६४ मत पाए ।

    तीनजना उपाध्यक्षमा देवान चाम्लिङ १२०, शिवकुमार डाँगी ११३ र मणिकुमार साम्पाङ १११ विजयी भएका छन् ।

    एक जना सचिवमा गणेश उप्रेती सुशील विजयी भए । उनले १४८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए ।

    ३ जना सहसचिवमा कुमारी राई ११४, ऋषिराम ढुंगाना ९५ र सागर किराँती ७३ विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन् ।

    ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । मतदानमा १९ जना अनुपस्थित भए ।

    माओवादी केन्द्र प्रदेश १ को प्रथम अधिवेशनले पदाधिकारीको टुङ्गो लगाउन नसकेपछि सदस्य घोषणा मात्रै गरेको थियो । 

    २०७८, पौष ८ बिहिवार०७:४६:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार