भक्तपुर । उद्योग व्यवसाय तथा शैक्षिक परामर्श भक्तपुर शाखाले प्रथम अधिवेशन सम्पन्न गरेको छ ।
आइतवार भक्तपुरमा सम्पन्न शाखा अधिवेशनले ईश्वर पाठकको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति निर्माण गरेको हो ।
त्यस्तै उपाध्यक्षमा जेनिस विष्ट, सचिवमा सुरेश नापित, र उप सचिव द्धयमा रिकेश मानन्धर र अनुका राई निर्वाचित भएका छन् ।
त्यसैगरि सदस्यहरुमा कुमार नेवार, अमृता उप्रेती, सञ्जय कुमार मिजार, भावना बुढाथोकी, एलिना राई, उपमा शाक्य, रमेश प्रसाद सिटौला, देव श्रेष्ठ, सबिन वाइबा, शिक्षा भट्टराई, कविता सुनार, विकेश सैंजु, पियुष राज बल्ल, सिद्धार्थ तामांग, सफिन तामांग, आशिष दुवाल, बलराम खँड्का, सुधन शाक्य निर्वाचित भएका छन् ।
अधिवेशनमा उद्योग व्यवसाय विशेष जिल्ला कमिटी अध्यक्ष एवं पर्यटन विकास बोर्ड उपाध्यक्ष चन्द्र रिजालको प्रमुख आतिथ्यता, उद्योग व्यवसाय विशेष जिल्ला कमिटी सदस्य यम प्रसाद तिवारी, शैक्षिक परामर्श इलाका कमिटी अध्यक्ष पुष्पराज भट्टराई लगायतको अतिथ्यता रहेको आयोजकले जनाएका छन् ।