काँग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान 

काँग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान 

२०७८, पौष ८ बिहिवार

  • 1.0K
    SHARES

  • काँग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान 

    जनकपुर । नेपाली काँग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान शुरु भएको छ ।

    बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो ।

    जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान हुने कार्यक्रम तय भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।

    सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

    संस्थापन पक्षले काँग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

    कूल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने छ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

    प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २ हजार मतदाता रहेको बताइएको छ । 

    २०७८, पौष ८ बिहिवार१०:०१:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार