माओवादीले राष्ट्रिय सम्मेलनमा पाहुनालाई नबोलाउने

माओवादीले राष्ट्रिय सम्मेलनमा पाहुनालाई नबोलाउने

२०७८, पौष ८ बिहिवार

  • 1.2K
    SHARES

  • माओवादीले राष्ट्रिय सम्मेलनमा पाहुनालाई नबोलाउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको सम्मेलन आइतवारदेखि शुरु हुँदैछ ।

    काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा देश तथा विदेशबाट पाहुनालाई भने नबोलाउने भएको छ । आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले अधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले पाहुना नबोलाइने बताए ।

    तर, राष्ट्रीय राजनीतिमा रहेका दुई ठूला दल कांग्रेस र एमालेले चाहिँ भरखरै सम्पन्न भएका महाधिवेशनहरुमा विदेशी पाहुनालाई बोलाएका थिए । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यहि पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

    सम्मेलनमा १ हजार ५३३ जना प्रतिनिधि सहभागी हुने पनि बताइएको छ । 

    २०७८, पौष ८ बिहिवार११:४५:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार