विवेकशील साझा त्याग्ने रञ्जु दर्शनाको घोषणा  

विवेकशील साझा त्याग्ने रञ्जु दर्शनाको घोषणा  

२०७८, पौष ८ बिहिवार

  • 1.3K
    SHARES

  • विवेकशील साझा त्याग्ने रञ्जु दर्शनाको घोषणा  

    काठमाडौं । युवामाझ चर्चित नेतृ रञ्जु दर्शना विवेकशील साझा पार्टीबाट बाहिरिएकी छन् ।

    विहिवार एक विज्ञप्ति जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् ।

    पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै दर्शनाले पार्टी परित्याग गरेकी हुन् । अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनले बताएकी छन् ।

    सके राजनीतिमा फोहोर सफा गर्छु, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा लागेको भन्दै उनले भनेकी छन्, ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ ।’

    ‘वि.सं. २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव-चढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग (Hypocrisy) पाएँ,’ उनले पत्रमा लेखेकी छन् ।

    दर्शना तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुन् । उनी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवारसमेत बनेर चर्चामा आएकी युवा नेतृ हुन् । उक्त निर्वाचनमा उनी तेस्रो स्थानमा रहिन् ।

    २०७८, पौष ८ बिहिवार१२:०५:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार