एसइई खारेज गर्न शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

एसइई खारेज गर्न शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

२०७८, पौष ९ शुक्रवार

  • 1.4K
    SHARES

  • एसइई खारेज गर्न शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

    काठमाडौँ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसइई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

    बिहीबार बसेको समितिको बैठकले समितिले यसअघि २९ जेठ ०७७ मै एसइई खारेज गर्न दिएको निर्देशन कार्यान्वयन गर्न पुनः निर्देशन दिएको हो ।

    गत २९ जेठमा समितिले ‘कोरोना सङ्क्रमणले ल्याएको सङ्कटपूर्ण अवस्थामा यो वर्षका लागि एसइई परीक्षा सञ्चालन नगर्ने निर्णय उपयुक्त छ ।

    संविधान र कानुनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेकाले यस वर्षका लागि स्थगित भएको एसइई परीक्षालाई सधैँका लागि हटाएर कक्षा १० का परीक्षा स्थानीय तहबाट सञ्चालन गरी कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको परीक्षा हुने गरी आवश्यक कानुनी व्यवस्था गर्नू ।’ भनेको थियो ।

    सङ्घीय शिक्षा विधेयक छिटो ल्याउन सरकारलाई आग्रहसमेत गरेको समितिले बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक नपाएका शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध गराउन मन्त्रालयलाई ध्यानाकर्षणसमेत गराएको छ ।

    २०७८, पौष ९ शुक्रवार०७:४१:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार