काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । शेरबहादुर देउवा पक्षका यादवले ९९६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
प्रतिस्पर्धी रामसरोज यादवले ८५५ मत प्राप्त गरेका छन् । लामो रस्साकस्सी पछि बिहीबार सम्पन्न निर्वाचनबाट १४१ मतान्तरले कृष्ण यादव निर्वाचित हुन सफल भए ।