आज नेपाल यु १९ एसिया कपमा श्रीलंकाविरूद्ध खेल्दै

आज नेपाल यु १९ एसिया कपमा श्रीलंकाविरूद्ध खेल्दै

२०७८, पौष ११ आइतवार

  • 853
    SHARES

  • आज नेपाल यु १९ एसिया कपमा श्रीलंकाविरूद्ध खेल्दै

    काठमाडौँ । युएईमा जारी एसिसी यु–१९ एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दैछ।

    नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार आइतबार बिहान ११:१५ बजेदेखि शारजाहमा सुरू हुनेछ ।

    जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा हुनेछ। यसअघि पहिलो खेलमा बंगलादेशविरूद्ध १५४ रनको फराकिलो हार व्यहोरेको नेपाललाई प्रतियोगिताको समिफाइनलमा स्थान बनाउन आजको खेल जित्नैपर्ने हुन्छ।

    यता श्रीलंका लगातार दोस्रो जितसहित सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यसहितथ मैदानमा उत्रीदै छ ।

    नेपाल र श्रीलंकाले २००८ यता पाँचपटक एक अर्काविरूद्ध आमनेसमाने भएका छन्। जसमा श्रीलंकाले सबै खेलमा नेपाललाई हराएको थियो ।

    २०७८, पौष ११ आइतवार०७:५८:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार