काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । यसअघि राष्ट्रिय सम्मेलन भनेको माअोवादीले हिजोको स्थायी समितिको बैठकबाट निर्णय गरी महाधिवेशनमा परिणत गरेको थियो ।
तर, यसलाई कुन महाधिवेशन भन्ने भनेर निर्णय भएको छैन । यद्यपि प्रचण्डले प्रथम महाधिवेशन भनेर भन्दै आएको बुझिएको छ । माओवादीले २०६९ सालमा हेटौंडामा सातौं महाधिवेशन गरेको थियो ।
दिउँसो १ बजेपछि प्रज्ञा भवनमा महाधिवेशन सुरु हुनेछ । महाधिवेशनमा अन्य पार्टीका नेतृत्वलाई समेत आमन्त्रण गरिने जनाइएको छ ।
महाधिवेशनका लागि देशभरबाट छानिएका १६ सयभन्दा बढी केन्द्रीय प्रतिनिधि काठमाडौं आइसकेका छन् ।
महाधिवेशनले अध्यक्ष प्रचण्डलाई पुनः सर्वसम्मत नेतृत्वमा चयन गर्ने छ ।
महाधिवेशन सुरु हुनुअघि आज विहान माओवादीको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक अहिले ८ बजेदेखि सुरु हुने भनिएको छ ।