त्रिविका उच्च कर्मचारी नै माओवादीका नेता

त्रिविका उच्च कर्मचारी नै माओवादीका नेता

२०७८, पौष ११ आइतवार

  • 997
    SHARES

  • त्रिविका उच्च कर्मचारी नै माओवादीका नेता

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशाखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन् ।  

    त्रिविका शिक्षक र कर्मचारीको अध्ययन वा कुनै बिदा बस्दा स्वीकृत गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेका निमित्त प्रमुख तिवारीलाई प्रदेश कमिटीको सदस्य भएपछि फेसबुकमै बधाई दिइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    दलका कार्यकर्ता भएका शिक्षक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी सहितको सूचना जारी गरेपछि राजनीतिमा लागेका शिक्षक र कर्मचारीले दुईमध्ये एक क्षेत्रबाट राजीनामा दिनुपर्ने हुन्छ । महाशाखा प्रमुख तिवारीले आफूले पार्टीबाट असोज मै राजीनामा दिएको बताएका थिए । 

    तर, उनले मंसिरमा पार्टी जिम्मेवारीको बधाई पाएका थिए । तिवारीले नेपाल समाचारपत्रसँग भने– ‘मैले त प्रदेश कमिटीको निर्वाचन हुनुअघि नै राजीनामा दिइसकेको छु । म त्रिविको कर्मचारी हुँ पार्टीमा आबद्ध छैन । उनले पार्टीलाई दिएको राजीनामाबारे जानकारी गराउने बताएका थिए । 

    स्रोतका अनुसार पार्टीको जिम्मेवारीबाट उनले राजीनामा दिएका छैनन् । यसअघि सरस्वती बहुमुखी क्याम्पसका उपप्रध्यापक प्रमोदहरी गुरागाईंले पदबाट राजीनामा दिइसकेका छन् ।

    उनले सामाजिक सञ्जाल ट्विटर ट्विट गर्दै ‘रोटी इमानकै खान्छु, छोडें त्रिविको प्राध्यापन कर्म’ लेखेका छन् । उनले ट्विटरमै राजीनामा पत्र पेस गरेका छन् । सञ्चार माध्यममा समाचार आएपछि उनले राजीनामा दिएका हुन् । गुरागाईले नेपाली काँग्रेसको १४ औँ महाअधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी दिएका थिए । 

    २०७८, पौष ११ आइतवार०८:४३:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार