आजबाट माओवादी केन्द्रको बन्दसत्र, एमालेकै मोडेलमा नेतृत्व चयनको तयारी 

आजबाट माओवादी केन्द्रको बन्दसत्र, एमालेकै मोडेलमा नेतृत्व चयनको तयारी 

२०७८, पौष १२ सोमवार

  • 1.2K
    SHARES

  • आजबाट माओवादी केन्द्रको बन्दसत्र, एमालेकै मोडेलमा नेतृत्व चयनको तयारी 

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट सुरु हुँदै छ ।

    काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने जनाइएको छ । 

    आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो ।

    बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत छलफल हुने छ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २० भन्दा बढी समूहमा बिभाजन गर्ने तयारी छ ।

    माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव छ । एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ ।

    यसअघि महाधिवेशन सम्पन्न गरेर आफ्नो मोडालिटी तयार गर्दै नेतृत्व चयन गरेको एमालेकै शैलिमा माओवादी केन्द्रले पनि पदाधिकारी चयन गर्ने देखिएको छ । यद्यपि उसले कोषाध्यक्ष थप गरेर फरक देखिन भने प्रयास गरेको छ । 

    माओवादी केन्द्रको अध्यक्षमा निर्विकल्प प्रचण्ड नै दोहोरिने निश्चित जस्तै छ । अन्य पदहरुमा भने आकांक्षी धेरै छन् । सकेसम्म सहमतिमा नभए निर्वाचनबाट कार्यसमिति चयन गर्ने माओवादीको तयारी छ । 

    २०७८, पौष १२ सोमवार०७:५०:३२
    प्रतिक्रिया
    सम्बन्धित समाचार