इंग्लिस प्रिमियर लिगमा गोलको वर्षा, सिटीले हान्यो ६ गोल

इंग्लिस प्रिमियर लिगमा गोलको वर्षा, सिटीले हान्यो ६ गोल

२०७८, पौष १२ सोमवार

  • 945
    SHARES

  • इंग्लिस प्रिमियर लिगमा गोलको वर्षा, सिटीले हान्यो ६ गोल

    लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले लेस्टर सिटीविरुद्ध फराकिलो अन्तरको जित निकालेको छ । 
     
    घरेलु मैदान इतिहादमा सम्पन्न भएको खेलमा सिटीले लेस्टर सिटीलाई ६-३ ले पराजित गरेको हो । सिटीले पहिलो हाफमा पकड बनाउँदै ४ गोल गर्‍यो । दोस्रो हाफमा ५ गोल भए । सिटीले दुई गोल गर्दा लेस्टरले ३ गोल फर्कायो ।

    सिटीको लागि रहिम स्टर्लिङले दुई गोल गरे । यस्तै केभिन डी ब्रुयन, रियाद मेहरेज, इल्काय गुन्डोगान र अमेरिक लोपार्टले १-१ गोल गरे । लेस्टरका लागि जेम्स माडिसन, एडेमोला लुकम्यान र केलेची इहेअनाचोले १-१ गोल गरे ।

    जितसँगै सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । सिटीको १९ खेलबाट ४७ अंक छ । एक खेल कम खेलेको लिभरपुलको ४१ अंक छ । १९ खेलबाट चेल्सी ४१ अंकसहित तेस्रो स्थानमा छ । -एजेन्सी ।

    २०७८, पौष १२ सोमवार०८:१०:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार