ओमीक्रोन बढेपछि आजबाट नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु

ओमीक्रोन बढेपछि आजबाट नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु

२०७८, पौष १२ सोमवार

  • 1.3K
    SHARES

  • ओमीक्रोन बढेपछि आजबाट नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु

    काठमाडौँ । नयाँ दिल्लीमा ओमीक्रोन कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ ।

    दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

    मिडिया रिपोर्टका अनुसार नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यु लगाइएको हो ।

    गत २४ घण्टामा नयाँदिल्लीमा कोरोनाका २९० नयाँ संक्रमित फेला परेका थिए । यो संख्या यसै वर्षको १० जूनपछिकै धेरै हो ।

    दिल्लीमा सक्रिय संक्रमितको संख्या १ हजार १ सय भन्दा धेरै छ । गत २४ घण्टामा पूरै भारतभर सात हजारभन्दा धेरै नयाँ संक्रमण पुष्टि भएको छ । -एजेन्सी । 

    २०७८, पौष १२ सोमवार०८:४०:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार