कांग्रेसको आगामी बैठक पुस १९ गते

कांग्रेसको आगामी बैठक पुस १९ गते

२०७७, पौष ११ शनिवार

  • 2.3K
    SHARES

  • कांग्रेसको आगामी बैठक पुस १९ गते

    पौष ११, वाग्मती ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठक यही पुस १९ गते बस्ने भएको छ ।

    मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमका विषयमा छलफल गर्न पुस ७ गतेदेखि जारी आजको बैठकले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम पश्चात केन्द्रीय समितिको बैठक पुस १९ गते पुनःबस्ने निर्णय गरेको हो ।
     
    शुक्रवारको बैठक संसद् विघटनका विरुद्धमा पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा पार्टीले गर्ने प्रदर्शनमा केन्द्रीत रहेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा हिजो केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा मिनेन्द्र रिजाल, शङ्कर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई र कल्पना चौधरीले आ–आफ्नो धारणा राखेका थिए । 

    २०७७, पौष ११ शनिवार०७:२७:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार