सेन्ट्रल जोन भलिबलको फाइनलमा नेपाल

सेन्ट्रल जोन भलिबलको फाइनलमा नेपाल

२०७८, पौष १२ सोमवार

  • 1.2K
    SHARES

  • सेन्ट्रल जोन भलिबलको फाइनलमा नेपाल

    काठमाडौ । बङ्गलादेशमा जारी एभिसी एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै  फाइनलमा पुगेको छ । 

    ढाका मिरपुरस्थित शाहिद सुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा साविक विजेता नेपालले कीर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । 

    नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पा¥यो भने दोस्रो सेट २५–१४ तथा तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै जीत हासिल गर्न सफल भयो ।

    अपराजित रहेको नेपालले लिग चरणमा श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्स, बङ्गलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो ।
     
    अब नेपालले उपाधिका लागि भोलि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणमै नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । 

    आजै भएको अर्को खेलमा उज्वेकिस्तानले श्रीलङ्कालाई ३–२ को  सेटमा पराजित गदै फाइनलमा प्रवेश गरेको हो ।

    २०७८, पौष १२ सोमवार०४:३३:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार