अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि २५ टोलीले निष्कर्ष र सुझाव पेस गर्दै 

अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि २५ टोलीले निष्कर्ष र सुझाव पेस गर्दै 

२०७८, पौष १४ बुधवार

  • 989
    SHARES

  • अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि २५ टोलीले निष्कर्ष र सुझाव पेस गर्दै 

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा आज समूहका टोली नेताले छलफलको निष्कर्ष तथा सुझाव पेस गर्ने छन् । 

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि समूहगत छलफलपछि निष्कर्ष तथा सुझाव पेस गर्न लागिएको हो ।

    सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । स्थायी कमिटी सदस्य देव गुरुङले विधानको प्रस्ताव प्रस्तुत गरेका थिए ।

    उक्त दस्तावेजमाथि छलफलका लागि प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजन गरिएको थियो । 

    २०७८, पौष १४ बुधवार०७:३०:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार