जोर्डनको संसद भवनमा सांसदहरुबीच कुटाकुट, उपसभामुख भुइँमै ढले

जोर्डनको संसद भवनमा सांसदहरुबीच कुटाकुट, उपसभामुख भुइँमै ढले

२०७८, पौष १४ बुधवार

  • 1.1K
    SHARES

  • जोर्डनको संसद भवनमा सांसदहरुबीच कुटाकुट, उपसभामुख भुइँमै ढले

    अम्मान । जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो ।

    संसद भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरु एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उसभामुख ढलेपछि केही सांसदहरुले होहल्ला गरेका थिए ।

    संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि साँसदहरुबीच चर्काचर्की भएको थियो ।

    त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र क्षमा माग्न विपक्षी सांसदहरुले माग गरेका थिए । ‘संसदमा सांसदहरुबीच भएको झगडा र कुटाकुटले संसदको गरिमा घटेको छ,’ संसद सदस्य खालिल आतियहले भने । -एजेन्सी । 

    २०७८, पौष १४ बुधवार०८:०२:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार