प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि विज्ञापन खुल्यो, कसरी दिने आवेदन ?

प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि विज्ञापन खुल्यो, कसरी दिने आवेदन ?

२०७८, पौष १४ बुधवार

  • 2.6K
    SHARES

  • प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि विज्ञापन खुल्यो, कसरी दिने आवेदन ?

    काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदमा विज्ञापन खुलाएको छ । आयोगले १३ हजार ९३ जनाका लागि आजदेखि विज्ञापन खुलाएको हो ।

    प्रदेश एकमा ३ हजार ३ सय ३२, प्रदेश दुईमा १ हजार ३ सय २५, वाग्मतीमा २ हजार ५ सय २३, गण्डकीमा २ हजार २ जनाका लागि विज्ञापन गरिएको छ । 

    त्यस्तै लुम्बिनीमा २ हजार ६०, कर्णालीमा ८ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १९ पदमा विज्ञापन माग गरिएको छ । खुला तथा समावेशी पदमा प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्ति गर्न विज्ञापन माग गरिएको आयोगले जनाएको छ ।
     
    योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त दिन सक्नेछन् । उम्मेदवारले https://online.tsc.gov.np/ मा आवेदन दिन सक्नेछन् । 

    २०७८, पौष १४ बुधवार०८:०७:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार