लेस्टरसँग लिभरपुल पराजित

लेस्टरसँग लिभरपुल पराजित

२०७८, पौष १४ बुधवार

  • 933
    SHARES

  • लेस्टरसँग लिभरपुल पराजित

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर पराजित भएको छ । लिभरपुललाई लेस्टरले किङ पावर रंगशालामा १-० गोलअन्तरले पराजित गरेको हो ।

    जारी लिगमा लिभरपुलको यो दोस्रो हार हो । खेलको ५९ मिनेटमा एडेमोला लुकम्यानको गोलबाट सिटीले अग्रता बनाएको थियो ।

    बाँकी समय गोल हुन नसक्दा सोही गोल निर्णायक रह्यो । योसँगै शीर्ष स्थानको म्यानचेस्टर सिटीले ६ अंकको अग्रता बनाएको छ ।

    पराजित लिभरपुल १९ खेलबाट ४१ अंकका साथ दोस्रो स्थानमा छ । लेस्टर सिटी भने १८ खेलबाट २५ अंकका साथ तालिकाको नवौं स्थानमा रहको छ ।

    अन्य खेलमा बेस्ट ह्याम युनाइटेडले वाटफोर्डमाथि ४–१ गोल अन्तर, नर्विच सिटीले क्रिष्टल प्यालेससँग ३–० गोल अन्तरले पराजित गर्दा साउथह्याम्पटन र टोटनह्यामले १–१ गोलको बराबरी खेले । -एजेन्सी । 

    २०७८, पौष १४ बुधवार०८:३९:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार