स्वस्थानी व्रतका लागि शालि नदिमा कोभिडविरुद्धको खोप अनिवार्य

स्वस्थानी व्रतका लागि शालि नदिमा कोभिडविरुद्धको खोप अनिवार्य

२०७८, पौष १४ बुधवार

  • 1.2K
    SHARES

  • स्वस्थानी व्रतका लागि शालि नदिमा कोभिडविरुद्धको खोप अनिवार्य

    काठमाडौँ । माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ ।

    प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालि नदीमा लाग्ने धार्मिक मेलाको व्रतमा सहभागी हुने भक्तजनलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाउनुपर्ने मापदण्ड तय गरेको हो ।

    गत वर्षजस्तै यस वर्ष पनि सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी मेला सञ्चालन गरिने समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताए । 

    समितिले आगामी माघ ३ गतेदेखि सञ्चालन हुने माधवनारायण व्रतका लागि अन्य मापदण्ड पनि तय गरेको छ । व्रत बस्न इच्छुक भक्तजनले अनिवार्यरूपमा छातीको एक्स–रे र निमोनियाको जाँच गराएको रिपोर्ट साथमा लिएर आउनुपर्ने छ ।

    कोभिड परीक्षणको रिपोर्टसमेत साथमा संलग्न हुनुपर्ने तथा १६ देखि ६० वर्ष उमेर समूहकालाई मात्र व्रतालुका रूपमा स्वीकारिने समितिले जनाएको छ ।

    २०७८, पौष १४ बुधवार१२:११:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार