सिटीको दबदबा कायमै, चेल्सी रोकियो 

सिटीको दबदबा कायमै, चेल्सी रोकियो 

२०७८, पौष १५ बिहिवार

  • 1.2K
    SHARES

  • सिटीको दबदबा कायमै, चेल्सी रोकियो 

    लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गर्दै आठ अंकको अग्रता बनाएको छ ।

    बुधबार राति भ्रमणकारी टोली सिटीका लागि फिल फोडेनले १६ मिनेटमा निर्णायक गोल गरेपछि सिटीले यो सिजन लिगमा १६ औं जित निकालेको हो ।

    खेलको ८८ मिनेटमा सिटीका लोपार्टोले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भार) त्यसलाई मान्यता दिएन ।

    त्यस्तै, गएराति नै भएको खेलमा चेल्सीले ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । रोमेलु लुकाकुले २८ मिनेटमा गोल गर्दै अग्रता बनाए पनि ब्राइटनका ड्यानी वेलब्याकले खेलको इन्जुरी समयमा गोल गर्दै हार टारे ।

    सिटीको २० खेलबाट ५० अंक भएको छ । दोस्रो स्थानको चेल्सीको समान खेलबाट ४२ अंक छ । एक खेल कम खेलेको लिभरपुल ४१ अंकसहित तेस्रो स्थानमा छ । -एजेन्सी । 

    २०७८, पौष १५ बिहिवार०८:३६:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार