पौष ११, काठमाडौं ।
चिसो बढे सँगै तीन दिनसम्म देशैभरको मौसममा आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् ।
आजबाट देशैभर मौसम बदली हुने अनुमान छ । पहाडमा तुलनात्मक कम चिसो भए पनि पनि तराईमा बाक्लो हुस्सु र अत्यधिक चिसो छ ।
जसका कारण वायुको पारदर्शितामा कमी भएकोले सडक यातायात र हवाई सेवासमेत प्रभावित हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अकस्मात मौसममा आएको परिवर्तनका कारण सतर्कता अपनाउनसमेत महाशाखाले सचेत गराएको छ ।