बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

२०७८, पौष १६ शुक्रवार

  • 2.0K
    SHARES

  • बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

    काठमाडौँ । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी शून्य भएका कारण अवतरण र उडान हुन सकेका छैनन् ।

    भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको विमानस्थल टर्मिनल कार्यालयले जनाएको छ ।

    कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुई वटा जहाज सिमरामाथिको आकाशमा फन्को लगाइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने गर्छ । यहाँबाट दैनिक ५० को हाराहारीमा अन्तर्राष्ट्रिय र ३ सयको हाराहारीमा आन्तरिक उडान हुने गर्छन् ।

    जल तथा मौसम विज्ञान विभागले अहिले देशका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जानकारी दिएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।

    २०७८, पौष १६ शुक्रवार०८:५५:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार