पौष ११, काठमाडौं ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।
मन्त्रीमण्डल पुनर्गठन पश्चात शुक्रबार साँझ वालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
गएको असार १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्यको घोषणा गर्नु भएको थियो ।