नयाँ दिल्ली र मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुमा कडाई

नयाँ दिल्ली र मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुमा कडाई

२०७८, पौष १६ शुक्रवार

  • 2.0K
    SHARES

  • नयाँ दिल्ली र मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुमा कडाई

    मुम्बई । नयाँ दिल्ली र मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि यहाँ नयाँ वर्षका कार्यक्रमहरुमा कडाई गरेको छ ।

    भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो । यहाँ कोरोनाको ओमिक्रोन भेरियन्ट झन् ठुलो मात्रामा बढेको छ ।

    यहाँका सरकारहरुले कोरोना भाइरस र त्यसमा पनि ओमिक्रोनको प्रकोप बढेपछि नयाँ वर्ष मनाउन सार्वजनिक स्थानहरुमा गर्ने समारोह, मेला तथा जमघट लगायतका कुनै पनि कार्यक्रमहरु नगर्न सूचना जारी गरेका हुन् ।

    बिहीबार मात्र भारतभर १२७० जना ओमिक्रोनका सङक्रमित भेटिएका छन् । तीमध्ये नयाँ दिल्लीमा मात्र ३२० जना पाइएका छन् । त्यसपछि धेरै मुम्बईमा पाइएका छन् ।

    यसरी प्रत्येक दिन ओमिक्रोन भेटिन थालेपछि सरकारले सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाएको बताइएको छ ।

    भारतको राजधानी नयाँ दिल्ली तथा आर्थिक राजधानी मानिने भारतीय ठुलो सहर मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुको आयोजना गरिएको र त्यसका कारण झन् सङ्क्रमण बढ्ने आशङ्का गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरु गर्ने काममा प्रतिबन्ध लगाएको हो ।

    दिल्ली सरकारले यसअघि नै रातिमा कर्फ्यु नलगाइने तर मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइएको जनाएको छ ।

    नयाँ दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले गत हप्ता मात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र संक्रमित पाइएकामा हिजोआज दिनहुँ हजारभन्दा बढी संक्रमित भेटिएका बताए ।-एजेन्सी ।

    २०७८, पौष १६ शुक्रवार०३:२१:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार