माओवादी केन्द्र महाधिवेशन : ११ बजेपछि बन्दशत्र सुरु

माओवादी केन्द्र महाधिवेशन : ११ बजेपछि बन्दशत्र सुरु

२०७८, पौष १७ शनिवार

  • 869
    SHARES

  • माओवादी केन्द्र महाधिवेशन : ११ बजेपछि बन्दशत्र सुरु

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन शनिबार (आज) सम्म लम्बिएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन । सो विधान मस्यौदा पारित गर्नका लागि शनिबार बिहान ११ बजेपछि बन्दशत्र पुनः सुरु हुनेछ ।

    विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको बताइएको छ ।

    विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ । माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।

    माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

    २०७८, पौष १७ शनिवार०८:२२:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार