चार दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने

चार दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने

२०७८, पौष १७ शनिवार

  • 1.2K
    SHARES

  • चार दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने

    ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । 

    चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए । 

    अन्दाजी ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका थिए । 

    वडाध्यक्ष शेर्पाका अनुसार अत्यधिक हिमपातपछि हिउँ पहिरोमा परेका उनीहरु ओढार भेटेर त्यहीँ बसेका थिए । हिउँमा फसेका शेर्पाले शनिबार बिहान फोन गरेर हेलिकप्टर पठाइदिन आग्रह गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ । 

    उनीहरुको उद्धारका लागि शुक्रबार प्रहरी र स्थानीय बासिन्दा सो क्षेत्रमा गएका थिए तर बाक्लो हिमपातका कारण स्थानीय बीच बाटोबाट नै फर्किएको बताइएको छ । 

    २०७८, पौष १७ शनिवार११:४२:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार