माओवादीको बन्दसत्र पुनः आज १ बजेदेखि 

माओवादीको बन्दसत्र पुनः आज १ बजेदेखि 

२०७८, पौष १८ आइतवार

  • 745
    SHARES

  • माओवादीको बन्दसत्र पुनः आज १ बजेदेखि 

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आज (आइतबार) दिउँसो १ बजे शुरु हुँदैछ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा सहमति जुटाउनका लागि भन्दै निर्वाचनको कार्यक्रम शनिवार स्थगित गरिएको हो ।

    शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको नेता रामनारायण विडारीले बताए ।

    शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सम्म सार्वजनिक भए पनि नयाँ तालिका सार्वजनिक गरिएको हो । 

    यसबीचमा नेताहरुबीच सहमतिको प्रयास पनि भइरहेको थियो । एक नेताका अनुसार आज दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा सहमतिमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने तयारी छ ।

    २०७८, पौष १८ आइतवार०७:२४:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार