चिसो बढ्दै गएपछि पर्साका विद्यालयमा पठनपाठन बन्द

चिसो बढ्दै गएपछि पर्साका विद्यालयमा पठनपाठन बन्द

२०७८, पौष १९ सोमवार

  • 1.4K
    SHARES

  • चिसो बढ्दै गएपछि पर्साका विद्यालयमा पठनपाठन बन्द

    विरगञ्ज । शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ ।

    यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ । महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरेको हो ।

    ती सामग्रीले केही भए पनि ज्येष्ठ नागरिकलाई राहत मिल्ने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए। प्रति ज्येष्ठ नागरिकलाई करिब रु छ हजार बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।

    २०७८, पौष १९ सोमवार०८:३३:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार