"बतास कम्पनी" ले नारायणहिटीभित्र निर्माण गरिरहेको रेष्टुरेन्टको नक्सा नै पास छैन

"बतास कम्पनी" ले नारायणहिटीभित्र निर्माण गरिरहेको रेष्टुरेन्टको नक्सा नै पास छैन

२०७८, पौष १९ सोमवार

  • 1.3K
    SHARES

  • "बतास कम्पनी" ले नारायणहिटीभित्र निर्माण गरिरहेको रेष्टुरेन्टको नक्सा नै पास छैन

    काठमाडौँ । ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको करिब १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा लगाइएको छ । भाडामा लगाइएपछि त्यहाँ विभिन्न स्थायी संरचना बन्दैछन् तर तिनको नक्सा भने पास नगरिएको पाइएको छ ।

    काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार निजी तथा सरकारी जग्गामा कुनै पनि संरचना निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट नक्सा पास अनिवार्य गरिएको छ तर नारायणहिटी सङ्ग्रहालयभित्र निर्माणाधीन रेस्टुरेन्टका लागि आवश्यक संरचना निर्माणसम्बन्धी नक्सापास तथा स्थलगत नापजाँचसमेत नगरी निर्माण कार्य जारी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    महानगरपालिका वडा नम्बर १ का प्रशासकीय अधिकृत सर्वज्ञराज पौडेलले सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दैछ भन्ने जानकारीसमेत कतैबाट नदिएको बताए । 

    नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समन्वय समितिले एक वर्षअघि सङ्ग्रहालयको मुख्य प्रवेशद्वारभन्दा पश्चिमतर्फको जग्गा भाडामा दिएको हो । त्यसैअनुसार अहिले संरचना बन्दै गरेका हुन् । नारायणहिटी दरबार क्षेत्र करिब ७५४ रोपनीमा फैलिएको छ ।

    २०७८, पौष १९ सोमवार०८:४३:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार