विश्व चर्चित फुटबल खेलाडी मेसीलाई कोरोना संक्रमण 

विश्व चर्चित फुटबल खेलाडी मेसीलाई कोरोना संक्रमण 

२०७८, पौष १९ सोमवार

  • 1.3K
    SHARES

  • विश्व चर्चित फुटबल खेलाडी मेसीलाई कोरोना संक्रमण 

    पेरिस । विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । 

    उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेका अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 

    अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध छन् । 

    उनलाई सङ्क्रमण भएको कुरा उनी अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ । 

    सङ्क्रमण पुष्टि भएसँगै उनले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउने भएका छन् ।  

    उनीसँगै सङ्क्रमित भएका उनका अन्य तीन सहकर्मीहरुले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन् । 

    अति तीव्र गतिमा फैलिने भनिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट युरोपेली मुलुकहरु अहिले नराम्रोसँग प्रभावित भएका छन् । -एजेन्सी ।

    २०७८, पौष १९ सोमवार०८:४९:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार